सिरहामा गाउँपालिका कार्यालयमा बम विस्फोट

लहानः सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गरेको छ ।
राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
बम विस्फोट गराउनेको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
विगत केही दिनदेखि हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित गाउँपालिका कार्यालयविरुद्ध आन्दोलन हुँदै आएको छ । (फाइल फोटो)
सिरहा बम विस्फोट