News

प्रहरीले बम नचिन्दा बम बिस्फोट

प्रहरीले बम नचिन्दा बम बिस्फोट

काठमाडौंः शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे । शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो ।

प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे । प्रहरी निरीक्षक अमिरकुमार दाहाल नेतृत्वमा चार सुरक्षाकर्मीको टोली घटनास्थलमा आएको थियो । त्यस बेलासम्म राजेशले बुवा भिखारी साहलाई फोन गरी घरमा बोलाएका थिए । भिखारी पुर्ख्यौली घरमा बस्दै आएका छन् । इन्स्पेक्टर साबले भन्नुभो– ‘झोलामा केही छैन, तर्साउनका लागि केही राखेको होला’, उनले भने, ‘त्यसपछि झोला हटाउन खोज्दा एक्कासि पड्कियो । म बेहोस भएँ ।’

धनुषाको क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगर कुसाई टोलमा प्रहरीको कमजोरीले बम विस्फोट भयो। बाबुछोरासहित तीन जनाले ज्यान गुमाए । घरधनी ४५ वर्षीय राजेश, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको हो । बमलाई ‘सामान्य वस्तु’ ठानेर चलाएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

बम बिस्फोट धनुषा बम बिस्फोट

विशेष