मुख्यमन्त्री राउतले भेटे धनुषा बमकाण्डका पीडित परिवारलाई

जनकपुरधामः मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबारराति भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई भेटेका छन् ।
घटनाप्रति चासो नदेखाएको भन्दै आलोचना भएपछि बिहानै घटनास्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने घोषणासमेत गरेका छन् ।
मृतक परिवारलाई उपलब्ध गराईने रकमबारे अगामी मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने उनले बताए ।
टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायाधिबक्ता दिपेन्द्र झा, प्रदेशसभा सदस्य सिघासन कलबारसहितको सहभागिता रहेको थियो । बम बिस्फोटको घटनामा परि प्रहरीनिरीक्षकसहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ । घाइतेहरुको उपचार धरानमा भइरहेको छ ।
जनकपुरधाम लालबाबु राउत धनुषा