News

सिरिजंगा जयन्तीमा सार्वजनिक बिदा निर्णय

सिरिजंगा जयन्तीमा सार्वजनिक बिदा निर्णय

ताप्लेजुङः किरात सिरिजंगा लिपिका पुनरुत्थानकर्ता सिरिजंगा सिङथेवेको जन्मजयन्तीको अवसरमा सिरिजंगा गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । सिरिजंगाको जन्म १९६१ मा सिरिजंगा गाउँपालिका–४तेल्लोक भएको थियो ।

यस गाउँपालिकाको नाम उनै सिरिजंगाको नाममा राखिएको छ । मंसिर २ मा बसेको कार्यपालिकाको बैठकले हरेक वर्ष मंसिर २९ मा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । किरात लिपिको पुनरुत्थानमा अतुलनीय योगदान गरेकाले उनको सम्मान त्यस लिपिलाई नै ‘सिरिजंगा लिपि’ भन्न थालियो ।

सिरिजंगा भाषा, लिपि र मुन्धुमको प्रचारप्रसारका क्रममा सिक्किम पुगेका थिए । उनको कार्यलाई अनुदार बौद्ध धर्मावलम्बीले मन पराएका थिएनन् । त्यहाँस्थित साङ्गछोलिङ गुम्बाका थासाङ लामा समूहको निर्देशनमा १७९८ सालमा उनको हत्या भएको भन्ने गरिन्छ । उनै सिरिजंगालाई मातृभाषा, लिपि, धर्मका पहिलो सहिद मानिन्छ । उनको सम्मानमा सरकारले २०४९ सालमा एक रुपैयाँ मूल्यको हुलाक टिकट प्रकाशन गरेको हो ।  

ताप्लेजुङ सार्वजनिक बिदा सिरिजंगा सिङथेवे सिरिजंगा जयन्ती

विशेष