News

भारत लैजाँदै गरेका १९ बालकको जमुनाहा नाकाबाट उद्दार

भारत लैजाँदै गरेका १९ बालकको जमुनाहा नाकाबाट उद्दार

बाँकेः जुम्लाको सिँजा गाउँपालिका–३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ । उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट उद्दार गरिएको हो ।  

सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुका अनुसार उद्दार गरिएका बालकमा ९ वर्षदेखि १७ वर्षका छन् । सबैभन्दा बढी १६ वर्षका ७ जना छन् ।

१७ वर्षका ६ जना, १४ वर्षका २ जना र १३, १२, ११ र ९ वर्षका १÷१ जना छन् । एक‍जना बुढा बाहेक सबै सार्की हुन् । 

जुम्ला बालक उद्दार जमुनाहा नाका

विशेष