विदेश

दोस्रो विश्वयुद्धको शक्तिशाली बम फेला, ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

दोस्रो विश्वयुद्धको शक्तिशाली बम फेला, ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

रोम – इटलीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम फेला परेकाे छ। ब्रिन्दिसी सहरमा भेटिएकाे उक्त दोस्रो विश्वयुद्धको शक्तिशाली बमलाई निस्क्रिय बनाउन ५० हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ ।

सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती बम एक मिटर लामो र २ सय किलोग्रामको छ । जुन गत नोभेम्बर २ मा सिनेमाको काम गर्ने क्रममा भेटिएको हो ।

मानिसलाई खाली गर्ने काममा एक हजार भन्दा धेरै सुरक्षाफौज खटिएका छन् । साथै २ सय ५० स्वयंसेवक यस काममा साथ दिएका छन्।

विशेष