News

उपनिर्वाचनको भाेलिपल्टनै पश्चिम भ्रमणमा किन लागे पूर्वराजा?

उपनिर्वाचनको भाेलिपल्टनै पश्चिम भ्रमणमा किन लागे पूर्वराजा?

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि साताव्यापी जिल्ला भ्रमणमा जाँदै छन् । सोही क्रममा उनी आज दिउँसो भैरहवा जाने कार्यक्रम रहेको छ । विभिन्न मन्दिरहरुको दर्शन र पूजाका लागि तय गरिएको भ्रमणमा क्रममा उनले साेमबार बुटवलको शिव मन्दिरको दर्शन गर्नुका साथै पूजा गर्ने छन् ।

आगामी मंगलबार उनले भैरहवाकै मर्चवार भगवती मन्दिरमा पूजा गर्ने बताइएको छ । पूर्वराजा शाह मंसिर १९ गते पाल्पा पुगेर पाल्पाको भगवती मन्दिरको पूजा गर्ने र २० गते कपिलवस्तुको गोरुसिंहेमा रहेको पशुपति मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । यही मंसिर २१ गते नवलपरासीको भगवती मन्दिरको पूजा गरी उनी २२ गते काठमाडौं फर्कर्नेछन् । 

ज्ञानेन्द्र शाह पश्चिम भ्रमण

विशेष