News

खोटाङको साकेला–३ मा नेकपाकी शिवकला राई विजयी

खोटाङको साकेला–३ मा नेकपाकी शिवकला राई विजयी

खोटाङः जिल्लाको साकेला गाउँपालिका–३ को वडाध्यक्षमा नेपाल कुम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार शिवकला राई निर्वाचित भएकी छिन् । उनी नेपाली काँग्रेसका शुक्रबहादुर तामाङभन्दा १७ मत बढी ल्याएर निर्वाचित भएकी हुन् ।

काँग्रेसका तामाङले ३७४ मत प्राप्त गरे । त्यसैगरी समाजवादी पार्टीका रमेश राईले १५ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का इन्द्रबहादुर खड्काले १ मत प्राप्त गरे । 

जम्मा १३०३ मतदाता रहेको वडामा ७९६ मत खसेको थियो । जम्मा खसेको मतमा १५ मत बदर भएको थियो ।

खोटाङ साकेला गाउँपालिका शिवकला राई

विशेष