News

सिमेन्टको गुणस्तर घटाउन उद्योगहरूलाई गुपचुप निर्देशन

सिमेन्टको गुणस्तर घटाउन उद्योगहरूलाई गुपचुप निर्देशन

काठमाडौँ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिमेन्टको गुणस्तर घटाउन कानुनी प्रक्रिया मिचेर उद्योगहरूलाई निर्देशन दिएको खुलेको छ ।

उद्योगमन्त्री अध्यक्ष रहेको गुणस्तर परिषद्ले गरेको निर्णय मन्त्रिपरिषद्बाट पारित नगराई मन्त्रालयले सोझै सिमेन्ट उद्योगहरूलाई निर्देशन दिएको पाइएको हो । परिषद्को निर्णय मन्त्रिपरिषद्बाट पारित गरेर राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै कार्यान्वयन गर्न सकिने कानुनी प्रावधान छ ।

गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले गत साउन २७ गते उद्योगहरूलाई पत्र लेखेर अघुलनशील पदार्थ र म्याग्नेसियमको मात्रा बढाउन निर्देशन दिएका हुन् । पत्रमा अघुलनशील पदार्थ ४ प्रतिशत र म्याग्नेसियम ६ प्रतिशत राखेर कात्तिक ३० भित्र सिमेन्टको परीक्षण उत्पादन गर्न भनिएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन।  
 

 

सिमेन्ट

विशेष