विद्युतीय रेलको तयारी सुरु
मोरङ । कोसीपूर्वका तराईलाई जोड्नेगरी विद्युतीय रेलको तयारी सुरु भएको छ । झापा, मोरङ र सुनसरीलाई जोड्नेगरी विद्युतीय रेलको तयारी सुरु गरिएको हो ।
इनरुवा–काँकड्भिट्टा रेल्वे लाइन र इटहरी–विराटनगर लिंक लाइन रेल्वेका लागि तयारी सुरु गरिएको छ । इनरुवा–काँकड्भिट्टाखण्ड १०६ दशमलव ५९ र इटहरी–विराटनगरखण्ड २० दशमलव १६ किलोमिटर विद्युतीय रेलमार्ग निर्माण गरिने प्रस्ताव गरिएको छ ।
११ रेल्वे स्टेसन मार्गरेखामा प्रस्तावित छन् । १० स्टेसन मुख्य लाइनमा र एउटा स्टेसन लिंक लाइनमा राखिने प्रस्ताव छ । इनरुवा–काँकड्भिट्टा र इटहरी–विराटनगर रेल्वे लिंक आयोजनामा तीन जिल्लाका १८ वटा स्थानीय तहका ६३ वटा वडा पर्ने भएका छन् । रेल्वेको परामर्शको काम दोहा इन जेभी विथ केआरएनए, सोसुङ एन्ड सिल्ट इन एसोसिएसन विथ ईआरएमसी एन्ड मेटेरियल टेस्ट गौशाला काठमाडौंले गरेको छ ।
यो समचार राजधानी दैनिकमा सुदीप कोइरालाले लेखेका छन।
विद्युतीय रेलमार्ग