उपनिर्वाचनः दाङमा नेकपाकी खत्रीको अग्रता कायमै

उपनिर्वाचनः दाङमा नेकपाकी खत्रीको अग्रता कायमै

दाङः शनिबार भएको उपनिर्वाचन अन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को प्रारम्भिक मतगणनामा नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता लिएकी छन् । 

उनी काँग्रेस उम्मेदवार भन्दा ७७२ मतले अघि छिन् । बबई गाउँपालिका–१ र तुलसीपुर उपमहानगरपालिका–१ वडाको ३१०१ मत गणना हुँदा खत्री नेपाली काँग्रेस उम्मेदवार केशवराज शर्माभन्दा अघि छिन् ।

यी दुबै वडा नेकपाले स्थानीय निर्वाचनमा जितेका वडा हुन् । अहिले बबई २ को मत गणना भइरहेको छ । बिहान सवा ९ बजेबाट मतगणना सुरु भएको हो ।

उपनिर्वाचन दाङ विमला कुमारी खत्री

संम्बधित खबर

विशेष