आजबाट देशभरको मौसम सफा हुने, यस्तो छ आगामी ३ दिनसम्मको मौसम पूर्वानुमान
काठमाडौं । आज सोमबारदेखि मुलुकभरको मौसम लगभग सफा रहने अनुमान मौसमविद्ले गरेका छन् । केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको मौसमविद्को भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायु आइतबार रातिदेखि बाहिरिएको छ । बुधबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको थियो ।
आज देशका अधिकांश स्थानमा घाम लाग्ने र काठमाडौं उपत्यकाको मौसम पनि सफा रहने देखिएको उनले बताइन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर ३० गते (सोमबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १ गते (मंगलबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।
राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।
पौष २ गते (बुधबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखा