‘वरिष्ठ प्रजातन्त्र सेनानी’ बलराम नायकको निधन
काठमाडौंः प्रजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार धनुषाको सबैला नगरपालिका बस्दै आएका नायकको आज विहान ४ बजे निधन भएको हो । उनलाई नेपाली कांग्रेसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा उनी वि.सं २०१८ र २०४५ मा जेल परेका थिए । उनी जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत थिए । उनका दुई छोरा र दुई छोरी छन् ।
बलराम नायक प्रजातान्त्रिक आन्दोलन