तपाईको हातमा पनि पसिना आउँछ ? सजक रहनुहोस्, यस्तो रोगको कारण हुन् सक्छ

तपाईको हातमा पनि पसिना आउँछ ? सजक रहनुहोस्, यस्तो रोगको कारण हुन् सक्छ

शरीरको कुनै निश्चित अंगमा अत्याधिक पसिना आउनु सामान्य कुरा हो।  तर हात / खुट्टामा  पसिना कमलाई मात्र आउँछ।  यदि तपाईको हातमा र खुट्टाको पैतालामा पसिना आउँछ  भने यो जानकारी तपाईका लागि प्रभावकारी हुन सक्छ।  सामान्य तापक्रममा पनि हात खुट्टाबाट पसिना आउनु सामान्य कुरा होइन, यो कुनै रोगको सूचक पनि हुन सक्छ। 

सामान्य या कम तापक्रममा हात या खुट्टाबाट अत्याधिक पसिना आउनु 'हाइपरहाइड्रोसिस' को लक्षण हुन सक्छ।कहिले कहिँ पसिना आउनु सामान्य हो तर नियमित पसिना आइरहन्छ भने पक्कै पनि यो हाइपरहाइड्रोसिसकै कारण हुन् सक्छ।  केवल हात र खुट्टामा मात्र नभई शरीरमा अत्याधिक पसिना आउनु पनि यस रोगको लक्षण हो।  '

पसिना आउनु शरीरका हनिकारक किटाणुलाई छालाको छिद्रहरु मार्फत बाहिर निकाल्ने प्रक्रिया हो जुन त्वचा र अन्तरिक सफाईको महत्वपूर्ण हिस्सा पनि हो तर अत्याधिक पसिनाले भने स्वास्थ्यलाई बिगार्न पनि सक्छ।  अत्याधिक पसिनाले केहि ब्याक्टेरियाहरुको जन्म दिन्छ जसले विभिन्न स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउछ।  

'हाइपरहाइड्रोसिस' को उपचार सामान्यत: स्वेद ग्रंथिको अपरेशन मार्फत गरिन्छ।  तर अत्याधिक पसिना आउने समस्यालाई पनि केहि हदसम्म भने कम गर्न सकिन्छ।  यसका लागि यस्तो कपडाको चयन गर्नु आवश्यक छ जसले सजिलैसँग पसिना सोसोस।  

यसका अलावा हात र खुट्टामा आउने पसिनाबाट बच्नका लागि हात खुट्टालाइ खुल्ला छोड्नु अतिआवश्यक छ।  यदि तपाई अफिस या कतै बाहिर निस्कदा जुत्ता मोजा लगाएर निस्कनुहुन्छ भने घर गएपछि त्यसलाई खोलेर सकेसम्म खुल्ला राख्ने प्रयास गर्नुपर्दछ।  यसका अलावा यस्तो समस्या भएकाहरुले खुल्ला खालका जुत्ताहरु लगाएर हिड्दा पनि ब्याक्टेरियाअरु छिर्न पाउदैन।  

हातको लागि खुलापन अति नै आवश्यक छ। साथमा हातको सफाई र शारीरिक सरसफाईमा पनि ध्यान दिनु जरुरी छ।  

दैनिक नुहाउने र त्वाचाको उचित हेरविचार गर्ने, र सम्भव भएसम्म नुहाउने पानीमा केहि थोपा एन्टी ब्याक्टेरियल लिक्विड मिसाउन पनि सकिन्छ।  

हात/ खुट्टामा पसिना

संम्बधित खबर

विशेष