News

मन्दिरमा घण्टी बजाउनुका यी १० फाइदा, जुन तपाईलाई थाहा छैन

मन्दिरमा घण्टी बजाउनुका यी १० फाइदा, जुन तपाईलाई थाहा छैन

कुनै शुभ कार्यको थालनी गर्दा होस् या  मन्दिरमा प्रवेश गर्दा होस् हामीले घण्टी बजाउने गर्छौं।  घण्टी बजाउनुलाई हिन्दु धर्ममा अति नै शुभ मानिन्छ।  यसले सकरात्मक उर्जा मिल्छ।  हरेक दिन पुजा गरेर घण्टी बजाउनाले किस्मतको ढोका खुल्ने पनि मान्यता रहेको छ।  

-घण्टी सृष्टि आरम्भको प्रतिक हो । जब सृष्टिको प्रारम्भ भएको थियो तब घण्टीको जस्तो आवाज सुनिएको थियो।  त्यसैले हरेक दिन घण्टी बजाउनाले इश्वर प्रसन्न हुने मान्यता  रहेको छ।  

-घण्टीको ध्वनीले सकारात्मक उर्जा प्रदान गर्छ त्यसैले यसलाई बजाउदा मन शान्ती हुनाका साथै दुख कष्टबाट पनि छुटकारा पाइन्छ।  

-धार्मिक शास्त्रमा गरुड घण्टीलाई अति नै शुभ मानिन्छ ।  यसलाई घरमा राखेर बजाउने गर्नाले परिवारमा सुख शान्ति मिल्ने मान्यता रहेको छ।  

-त्यस्तै मन्दिरमा बजाइने घण्टी कालको प्रतिक हो।  यसको आकार ठुलो हुन्छ जसको आवाज टाढासम्म पुग्छ र मृत्युदेखिको डरलाई शान्त पार्न मदत गर्छ।  हरेक दिन मन्दिरमा घण्टी बजाउनाले व्यक्ति मानसिक रुपले पनि मजबुत हुन्छ।  

-हिन्दु धर्ममा घण्टीलाई अति नै शुभ मानिन्छ।  प्रत्येक दिन बिहान ५-७ बजेको बिचमा घण्टी  बजाउनाले घरमा लक्ष्मीको आवागमन हुने मान्यता छ।  

-पूजा गरिसके पछि आरतीको समयमा घण्टी बजाउनाले भाग्य बलियो हुन्छ।  

-यदि सोचेको जस्तो काम भईरहेको छैन भने शनिवार या मंगलबार कुनै मन्दिरमा गई पित्तलको घण्टी दान गर्नाले बिस्तारै हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ।  

-घण्टी बजाउनुको वैज्ञानिक कारण पनि छ।  भनिन्छ घण्टी बजाउनाले शरीरमा छिटो कम्पन पैदा हुन्छ जसले मनलाई शान्ति बनाउछ।  

-हरेक दिन घण्टीको आवाज सुन्नाले कानसम्बन्धी समस्याबाट पनि छुटकारा पाईन्छ।  यसको आवाजले ब्लक नशालाई खोल्न मदत गर्छ।  

-घण्टी बजाउनाले नकारात्मक शक्तिबाट पनि छुटकारा पाइन्छ। किनकी यसको तेज आवाजले आसपासका भुत प्रेतहरुलाई प्रवेश गर्न दिदैन्।  

-एजेन्सीको सहयोगमा 

 

फाइदा घण्टी बजाउनु

विशेष