News

लोथरमा ट्रक एकापसमा ठोक्किदा १ को मृत्यु, ३ जना घाइते

लोथरमा ट्रक एकापसमा ठोक्किदा १ को मृत्यु, ३ जना घाइते

चितवन।  पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नंको ट्रक आज बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी दिएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका ट्रकका चालक लोप्चनको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते तिनैजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।  

 

ट्रक दुर्घटना

विशेष