News

सवारी दुर्घटना: २८ दिनमा देशभरका २ सय ३० जनाको मृत्यु

सवारी दुर्घटना: २८ दिनमा देशभरका २ सय ३० जनाको मृत्यु

काठमाडौँ।  सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनासहित गरि मंसिरमा मात्रै तीन ठूला सवारी दुर्घटना भएका छन । पछिल्लो २८ दिनमा सवारी दुर्घटनामा परी देशभरका २ सय ३० जनाले ज्यान  गुमाएको प्रहरीले जनाएको छ ।  

मंसिर १२ मा अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । मंसिर १७ मा बाग्लुङको बडीगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए । दुर्घटनामा परी यो महिना घाइते हुनेको संख्या मात्रै १ हजार ४ सय २६ छ । साउनदेखि शनिबारसम्म ७ हजार ५ सय ५ दुर्घटना भएकामा १ हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । यसमा पुरुष ७ सय ४४, महिला १ सय ९०, बालक ६० र बालिका ३७ जना छन् । घाइते हुनेको संख्या भने ७ हजार ९ सय ६१ जना पुगेको छ ।

पछिल्लो पाँच महिनामा १ हजार ३० सर्वसाधारणले ज्यान गुमाउँदा समेत सरकार मुकदर्शक भएर बसेको छ।  सबै घटनामा छानबिन सम्भव हुँदैन,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, ‘पछिल्लो एक महिनामा भएको हरेक दुर्घटनाको जानकार छु । दुर्घटना न्यूनीकरण गर्न हामी नीतिगत सुधार गर्ने तयारीमा लागिरहेका छौं। ' छिटै नै हामी दुर्घटना न्यूनीकरण सम्बन्धी योजना सार्वजनिक गर्ने तयारीमा छौं' उनले भने।’  

 गत वर्षको तथ्यांकअनुसार सवारी दुर्घटनामा परि दैनिक सात जनाले ज्यान गुमाउने गरेका छन् भने ४० जना घाइते हुन्छन् । तर, सरकारले दुर्घटनालाई सामान्य रूपमा लिने गरेको छ । ‘हाम्रो मुलुकमा भइरहेको घटना अरूको तुलनामा कमै हो । तर, गम्भीर रूपमा लिएका छौं,’ मन्त्री नेम्वाङले भने, ‘त्यसैले त गृह मन्त्रालय र मेरो मन्त्रालयले चासो देखाएकै कारण दुर्घटना न्यूनीकरणको योजना बनाइरहेका छौं ।’

सवारी दुर्घटना

विशेष