देउवा–पौडेल पक्षधर समितिकाे वार्ता: टुंगिएन विवाद

आन्तरिक रणनीति बनाउँदै पौडेल समूह

देउवा–पौडेल पक्षधर समितिकाे वार्ता: टुंगिएन विवाद

काठमाडौँ । तीन महिनादेखि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच झांगिएको विवाद समाधान हुन सकेको छैन । नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर पार्टी सभापति पक्षधर संस्थापन भनिने पौडेल पक्षधरबीच विवाद बढेको छ ।

कार्यकाल सकिनै लाग्दा सभापति देउवाले महाधिवेशनको तालिका बनाउन चासो नदिएको भन्दै वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर असन्तुष्ट देखिएका छन् । देउवा महाधिवेशनमा लाग्नुपर्नेमा विभागहरु थप्ने लगायतका प्रस्तावमा लागेको भन्दै पौडेल र सिटौला पक्षका नेताहरु रुष्ट छन् ।

महाधिवेशन तालिका, नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाको नेतृत्व चयन, विभागहरु गठनलगायतका विषयमा देउवा र पौडेल पक्षबीच विवाद छ । यी विवाद चर्किएपछि २६ मंसिरमा पौडेल र सिटौला पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए भने सोमबार बोलाइएको बैठकमा पनि वरिष्ठ नेता पौडेल पक्षधर नेताहरु उपस्थित भएनन् ।

यसैविषयको गाँठो फुकाउन शनिबार एकाविहानै पौडेल निवास पुगे । छलफलले निष्कर्ष निस्किएन र आ–आफ्ना विश्वासपात्र सम्मिलित वार्ता समिति बनाए । प्रकाशमान सिंहको संयोजकत्वमा हृदयराम थानी र दिलेन्द्र बडू सदस्य छन् । यसमा देउवा पक्षको कुरा मिलाउन जसमा देउवाले उपसभापति विमलेन्द्र निधिले जिम्मेवारी पाएका छन् । 

विवाद मिलाउन सोमबार पनि बैठक निष्केन निष्कर्ष 

देउवा पौडेल विवाद मिलाउन सोमबार विहान १० बजेदेखि कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बस्यो । तर बैठक विना कुनै निष्कर्ष टुंगियो । समस्या समाधानको जिम्मा पाएका सभापति देउवा पक्षका नेतासमेत रहेका उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका नेता प्रकाशमान सिंह, दिलेन्द्र बडू र हृदयराम थानी उपस्थित थिए ।

बैठकमा सहभागी पौडेल पक्षका नेता हृदयराम थानीले वार्ता कुनै निष्कर्षमा नपुगेको र छलफलपछि उहाँहरु (देउवा पक्ष) ले खबर गर्ने बताएको जानकारी दिए ।

‘विहान बसेको बैठकमा कुनै ठोस निर्णय भएको छैन’ नेता थानीले भने, ‘उहाँहरु आफ्ना कुराबाट टसकोमस हुनुभएको छैन । हामीले हाम्रा कुरा राखेका छौं । सल्लाह गरेर खबर गर्छौं भन्नु भएको छ ।’

रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका बैठकमा नआउँदासम्म बैठकमा बस्न नसकिने बताउँदै आएका छन् । विवाद नमिलेपछि पौडेल पक्षले सोमबारको केन्द्रीय समिति बैठक पनि बहिष्कार गरेको छ । 

संम्बधित खबर

विशेष