प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराईको सपथ बुधबार
काठमाडौं – कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद विद्या भट्टराईले बुधबार सपथ ग्रहण गर्ने भएकी छन्। उनले पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भएकी हुन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी रहेको संसद सचिवालयले जनाएको छ।
गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट २४ हजार ३ सय ९४ मत ल्याएर उनी निर्वाचित भएकी हुन्। आगामी अधिवेशनको पहिलो बैठकमा भाग लिन पाउने अधिकार उनलाई भएकाले बुधबार सपथ गराउन लागिएको हो। सभामुख नभएका कारण उपसभामुखले सपथ गराउन लागेकी हुन्। उपसभामुख र सांसद सदस्यको सपथ सभामुखले गराउने व्यवस्था छ।