News

मधेशी पत्रकारको उपत्यका कमिटी पुनर्गठन

मधेशी पत्रकारको उपत्यका कमिटी पुनर्गठन

काठमाडौं । मधेशी पत्रकार समाज नेपालले उपत्यका कमिटी पुनर्गठन गरेको छ । सञ्चारकर्मी तथा संगीतकार कमल मण्डलको अध्यक्षतामा आइतबार समाजले १३ सदस्यीय उपत्यका कमिटी पुनर्गठन गरेको हो ।

नवगठित उपत्यका कमिटीको उपाध्यक्षमा रामसुकुल मण्डल र दीपा चौधरी, सचिवमा शिव अधिकारी यदुवंशी, सहसचिवमा रजनिश प्रसाद कुशवाहा र कोषाध्यक्ष मनोज मण्डल रहेका छन् ।

कमिटीका नयाँ सदस्यहरुमा राजधानीका विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरु रामनारायण राउत, विपिन श्रीवास्तव, भगवती शर्मा, समर साह, रिजवान खान, मो. शेराज र लक्ष्मी चौधरी चयन भएका छन् ।

मधेशी पत्रकार समाज नेपाल उपत्यका कमिटीमा पत्रकारहरु विजय यादव, रंजित सिंह, राजु चौधरी, श्रुति सिंह, शैलेन्द्र यादव र सुभाद्री चौधरी सल्लाहकार रहनुभएको छ । नवगठित उपत्यका कमिटीका सचिव  शिव अधिकारी यदुवंशी र विपिन श्रीवास्तव जनता टेलिभिजनमा कार्यरत रहेका छन् ।

विशेष