News

गुठी संस्थानका प्रशासक र उप–प्रशासक अख्तियारकाे नियन्त्रणमा

गुठी संस्थानका प्रशासक र उप–प्रशासक अख्तियारकाे नियन्त्रणमा

काठमाडौं – गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका–१ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस लिएको तथा फिर्तासमेत गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले चौधरी र रेग्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

विशेष