विप्लव समुहका कार्यकर्ताले प्रधानाध्यापकलाई दले कालोमोसो
कैलाली – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक विद्यालयका प्रधानाध्याकपलाई कालोमोसो दलेका छन् ।
‘विप्लव’ समूहका कार्यकर्ताले घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई कालोमोसो दलेका हुन् ।
विद्यालयमा अनियमितता गरेको भन्दै आइतबार दिउँसो प्रधानाध्यापक चौधरीलाई विप्लव कार्यकर्ताले कालोमोसो दलेका हुन्।
प्रधानाध्यापकले विद्यालयमा अनियमितता गरेको, शिक्षकलाई तलब दिन नसकेकोलगायतको आरोप विप्लव समूहको छ ।