News

प्रतिबन्धित विप्लव समूहका दुई इन्चार्ज पक्राउ

प्रतिबन्धित विप्लव समूहका दुई इन्चार्ज पक्राउ

काठमाडाैँ – सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो इन्चार्ज र उदयपुर जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विप्लव समूहका सगरमाथा ब्यूरो इन्चार्ज देवाङसिंह राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई पक्राउ गरेको हो ।

उदयपुरको रिस्कुबाट दुई इन्चार्जलाई हिरासतमा लिएको हो । विप्लव नेतृत्वका दीपेश प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड कमाण्डर थिए ।

विशेष