News

आगो ताप्न जाने उपयोगी, नजाने काल

आगो ताप्न जाने उपयोगी, नजाने काल

काठमाडौँ। चिसो मौसममा न्यानोका लागि घर–कोठामा आगो बालेर सुत्दा बेला बेलामा निसास्सिएर ज्यान जानेसम्मका घटना हुने गरेका छन् ।

विशेष गरी जाडो छल्न तथा कोठा तातो पार्न कोइला, ब्रिकेट, भुस र दाउरा बालेर सुत्दा अक्सिजनको अभावमा निसास्सिएर सर्वसाधारणले अकालमै ज्यान गुमाउने गरेका छन् । सोमबार राति पनि कीर्तिपुरमा यस्तै दुःखद घटना भएको छ । कीर्तिपुरको सुन्दरबजारमा कोठा तताउन कोइला बालेर सुतेका आमाछोराको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार मृत्यु हुनेमा स्थानीय नवराज रञ्जितकारकी श्रीमती शर्मिला र दुई महिनाका छोरा छन् । सुत्केरी श्रीमती र शिशुलाई साँझ कोइलाको रापमा सेकाइसकेपछि कोठालाई तातो पार्न मकलमा कोइला बालेर सुत्दा निसास्सिएर आमा र छोराको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।  

#आगो#

विशेष