अब हेलिकप्टरबाटै हलेशी र पाथीभरा दर्शन
धरान। प्रदेश १ को प्रसिद्ध धार्मिक स्थल पाथीभरा र हलेसी महादेवको मन्दिर दर्शन गर्नका लागि सोमबार माउण्टेन हेलिकप्टरले हवाइ सेवा संचालन गरेको छ । हलेसी र पाथीभरा हवाई यात्रा गरेवापत यात्रुहरुले प्रतिव्यक्ति २९ हजार रुपैयाँ बुझाउनुपर्नेछ।
धरान होलीडेजको व्यवस्थापन र माउण्टेन हेलिकप्टर प्रालीले धरान रंगशालाबाट ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसी महादेव मन्दिर दर्शनका लागि सेवा संचालन गरेको हो ।
धरानबाट हवाइ सेवा संचालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटक प्रमुख धार्मिकस्थल र हिमाली जिल्लाको रमणीय स्थलको दृष्य अवलोकनका लागि हेलिकप्टरमा आकाशमा उड्न थालेका छन्। हेलिकप्टरबाट पहाडी र हिमाली जिल्लाको रमणीय स्थलको दृष्य अवलोकन गर्न आनन्द आएको धरान १६ का भुपाल राईले बताए ।
यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।