News

शौचालयमा लडेर युवकको मृत्यु

शौचालयमा लडेर युवकको मृत्यु

कैलालीः जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्वर–३ मा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकै स्थानीय ३१ बर्षीय रोशन बम रहेका छन् ।

सोमवार शौचालय गएका बम लामो समय सम्म बाहिर नआएपछि परिवारका सदस्यले शौचालय खोलेर हेर्दा उनी बेहोस अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । बमको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार उनको शौचालयमा लडेर नै मृत्यु भएको हुनसक्ने बस्नेतको भनाइ छ । मृतक बमको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

कैलाली शौचालय

विशेष