News

उपत्यकासहित देशभर कुहिरो, केहि दिनसम्मको मौसम यस्तै रहने

उपत्यकासहित देशभर कुहिरो, केहि दिनसम्मको मौसम यस्तै रहने

काठमाडौ – आज काठमाण्डौ उपत्यकासहित देशभर कुहिरो लागेको छ । केही दिन अघिको वर्षाका कारण जलवाष्पयुक्त हावा विकास हुँदा देशभर कुहिरो लागेको मौसमविद्ले बताएका छन् ।

केही दिन अब मौसम यस्तै रहने पनि उनीहरुले बताएका छन् । आज काठमाण्डौसहित पहाडी क्षेत्रमा दिउँसो भने घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । तर तराईका जिल्लामा भने आज दिनभर नै कुहिरो लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

यस्तै आज राति देशका विभिन्न ठाउँमा आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको पनि उहाँले बताउनु भयो । तर पानी पर्ने सम्भावना भने छैन ।  मंगलबार बिहान काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । 

कुहिरो

विशेष