सडकमा हिउँ पन्छाउँदै प्रहरी

मनाङः भारी हिमपातका कारण सडक अवरुद्ध भएपछि प्रहरीले मनाङमा हिउँ पन्छाउन सुरु गरेको छ । गत मंसिर २६ देखि भएको हिमपातका कारणमा मनाङमा सवारी साधन सञ्चालनमा अवरोध आएको छ ।
सडक र बाटोमा बाक्लो हिउँ जमेकाले मानिसलाई आवतजावत गर्न समेत कठिन भएको छ । तीन चार दिनसम्म परेको हिमपातले सडक, खानेपानी ठप्प भएको छ । अहिले हिमपात रोकिएको छ । हिउँ पर्न छाडेपछि सडकमा रहेको हिउँ जिल्ला प्रहरी कार्यालयका प्रहरीहरु लागिपरेको डिएसपी टीकाबहादुर कार्कीले जनाकारी दिए ।
नेपाल प्रहरी र स्थानीयको सक्रियतामा बाटो खुलाउने काम भइरहेको छ । हिमपातले तल्लो मनाङको दानाक्युदेखि माथिल्लो मनाङसम्म सवारी साधन सञ्चालन हुन सकेको छैन । हिमपातको समयमा हुने दुर्घटनालाई ध्यानमा राखी उच्च सतर्क अपनाउन प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले आग्रह गरे ।
हिमपात मनाङ हिउँ प्रहरी