विद्युत सर्ट भएर आगलागी, ६३ लाख बराबरको क्षती
खोटाङ। विद्युत सर्ट हुँदा खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका माणिकलाल प्रधानको घरमा सोमबार राती साँढे १ बजे आगलागी भएको छ।
आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका रमेश राईको मोबाइल पसल र खोटाङबजारकै घनश्याम फुयालको स्टेशनरी पशल पूर्णरुपमा जलेको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताएका छन।
मोबाइल पसलमा चार्जमा राखेको सामग्रीमा विद्युत सट हुँदा आगलागी भएको अनुमान गरिएको छ। आगलागीमा घरका मालिक प्रधानको करिब ३० लाख, मोबाइल पसल सञ्चालक राईको १८ लाख र स्टेशनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए।
प्रधान परिवार भने काठ्माण्डौंमा बस्दै आएका छन्। आगोलागी सुरु भएपछि पसलको ढोका तोडेर पानी छ्यापेर आगो नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष राईले बताए। सो घरमा बस्दै आएकी बृद्धा महिलालाई बोकेर सुरक्षित स्थानमा सारिएको थियो।
बिद्युत सर्ट आगोलागी