News

बलात्कार आरोप लागेका सिद्धबाबा आईसीयू भर्ना

बलात्कार आरोप लागेका सिद्धबाबा आईसीयू भर्ना

विराटनगरः बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आईसीयूमा भर्ना भएका छन् । बिहीबारदेखि विराट नर्सिङहोममा बसिरहेका सिद्धबाबा आइतबार करिब ११ बजे आईसीयूमा भर्ना भएका हुन् ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा आइपुगेका छन् । उनी आएलगतै चिकित्सकले सिद्धबाबालाई आईसीयूमा सार्न भनेका थिए । एक्कासी उनको मुटुको चाल बढेपछि डाक्टर ज्ञानेन्द्र गिरीको सिफारिसमा आईसीयूमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए । 

कृष्णबहादुर गिरी आईसीयू

विशेष