भारतिय राजदूत मन्जीव सिंह पुरी कार्यकाल सकिदै
काठमाडौँ। नेपालका लागि भारतका राजदूत मन्जीव सिंह पुरी यतिबेला नेपालका मन्त्री तथा शीर्ष नेताहरुसँग विदाइ भेटघाटमा ब्यस्त छन् । पुरीको नेपाल बसाइ यही डिसेम्बर ३१ बाट सकिदैछ ।
कार्यकाल सकिने भएपछि उनी आफ्नो तीन बर्षे कार्यकालको समिक्षा र भेटघाटमा व्यस्त भएका हुन । राजदूत पुरीले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर बिदाई भेट गरे । पुस १ गते (आज) उनले विदाइ भोज पनि आयोजना गरेको बु्झिएको छ ।
उनी सन् २०१७ को मार्च २५ का दिन नेपालको लागि भारतको राजदूत बनेर आएका हुन् । उनी पुसको १५ मा स्वदेश फर्किने कार्यक्रम तय भएको दुताबास स्रोतले जानकारी दिएको छ ।
पुरीको कार्यकाल सकिए पनि नयाँ राजदूत को आउने भन्ने निश्चित भएको छैन । यद्यपी, नेपालमै काम गरेर फर्किएका वा नेपालबारे जानकारी कोही पनि कूटनीतिज्ञलाई नेपालका लागि नयाँ राजदूत सिफारिस हुने निश्चित भएको छ।
मन्जीव सिंह पुरी