विदेश

अदालतले पूर्वराष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय

अदालतले पूर्वराष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ ।

लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनााएको हो ।मुशर्रफ भने हाल पाकिस्तानमा छैनन् । दुबईमा उनको उपचार भइरहेको छ ।

केही दिनअघि उनले एक भिडियो जारी गर्दै छानविन आयोगलाई आफू कहाँ आउन र आफ्नो अवस्था हेर्न आग्रह गरेका थिए । आफूमाथि लागेको संविधानको अवहेलना र देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘मेरो विचारमा यो निराधार छ । देशद्रोहको कुरा छाडौं, मैले त यो देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र दश वर्षसम्म देशको सेवा गरेको छु ।’

संविधान उल्लंघनको आरोपमा आफ्ना वकिल सलमान सफदरलाई न्यायालयले नसुनेको उनको गुनासो थियो । ‘मेरो विचारमा यो निकै ज्याजती भइरहेको छ र मलाई न्याय गरिएन,’ मुशर्रफले भिडियो सम्बोधनमा भनेका थिए ।


के थियो मुद्दा
इस्लामावादको विशेष न्यायलयले ३१ मार्च २०१४ मा देशद्रोहको एक मामलामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो।

पाकिस्तानको इतिहासमा उनी यस्तो पहिलो व्यक्ति हुन् जसको विरुद्धमा संविधानको अवहेलनाको मुद्दा चल्यो।

सन् २०१३ को चुनाव पछि पाकिस्तान मुस्लिम लीग (नवाज) सरकारमा आयो। उक्त पार्टीले सत्ता सम्हालेपछि पूर्व सैनिक राष्ट्रपति परवेज मशर्रफको विरुद्ध संविधानको अवहेलनाको मुद्दा दायर गरिएको थियो।

मुशर्रफको विरुद्ध गम्भिर देशद्रोहको सुनुवाई गर्ने विशेष न्यायालयका चार प्रमुख परिवर्तन भइसकेका छन्। मुशर्रफ एक पटक मात्र विशेष न्यायालय समक्ष प्रस्तुत भएका थिए। त्यस पछि उनी कहिल्यै अदालतमा पेश भएनन्।

यसबीच मार्च २०१६ मा उनी स्वास्थ्यको कारण देखाउँदै विदेश गए। तत्कालिन सत्ताधारी पार्टी मुस्लिम लीग (नून) ले एक्जिट कन्ट्रोल लिस्टबाट उनको नाम हटाएको थियो। त्यसपछि उनलाई देश छोडेर बाहिर जाने अनुमति मिलेको थियो।

यसरी पुगेका थिए सत्तामा
जनरल परवेज मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएका थिए।

२००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफुलाई राष्ट्रपति घोषणा गरे। २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुशर्रफ पाँच वर्षको लागि राष्ट्रपति बने।

२००७ को अक्टोबर-नोभेम्वरमा मुशर्रफले पुन: राष्ट्रपतिको चुनाव जिते। तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौति दियो। यस पछि उनले देशमा संकटकाल लागु गर्दै मूख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरे। जसले उनको चुनावलाई वैधानिकता दिए।

२००८ अगष्टमा मुशर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए। दुई मुख्य पार्टीले उनका विरुद्ध महाअभियोग लैजाने निर्णय गरेपछि राजीनामा दिएका थिए।

विशेष