News

न्यायाधीशका अंगरक्षकको पेस्तोल हराएपछि अनुसन्धान सुरु

न्यायाधीशका अंगरक्षकको पेस्तोल हराएपछि अनुसन्धान सुरु

जनकपुरधाम । जनकपुरधाममा न्यायाधीशको सुरक्षामा खटिएकी एक प्रहरीको हतियार हराएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ ।प्रहरी जवान रनिताकुमारी केवटमाथि अनुसन्धान सुरु भएको हो। उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान केवटले बोक्दै आएको हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार उक्त हतियार प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवले लिएर गएका छन् । नवलपरासीका यादव मंसिर तेस्रो हप्ता जनकपुर आएका थिए । यी दुईबीच विवादका क्रममा यादवले केवटको पेस्तोल बोकेर फरार भएको प्रहरी स्रोतको भनाइ छ । पेस्तालेमा सात राउण्ड गोली लोड गरिएको थियो ।

‘यस बिषयमा हाम्रो अनुसन्धान भइरहेको छ’ प्रदेश प्रहरी कार्यालयका प्रबक्ता डीएसपी ज्ञानकुमार महतोले भने, “सूचना प्राप्त भएपछि हामीले अनुसन्धानलाई तिब्र बनाएका छौं ।’ हतियार हराएको हो कि, कसैले लिएर गएको हो भन्ने सन्दर्भमा बुझ्ने काम भइरहेको उनले बताए ।

विशेष