नेकपा स्थायी कमिटी : चौथो दिन के भयो ?

नेकपा स्थायी कमिटी : चौथो दिन के भयो ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक चौथो दिन केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरु माथि स्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यहरुले विचार राखेका छन् ।

अध्यक्षद्धयको प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि बुधबार १२ जना सदस्यहरुले धारणा राखे । बुधबार मातृका यादव, बर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबार धारणा राख्नेले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको उनले बताए ।

सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयहरुमा आ–आफ्नो कोणबाट वक्ताहरु केन्द्रीत रहेको उनले बताए । स्थायी समितिको अर्को बैठक भोलि पुस ३ गते बिहान ११ बजे धुम्बाराही काठमाडौंमा बस्नेछ ।

संम्बधित खबर

विशेष