News

पहिरोको उच्च जोखिममा कालिकोट

पहिरोको उच्च जोखिममा कालिकोट

कालिकोट। कालीकोट जिल्ला पहिरोको उच्च जोखिममा रहेको छ । जिल्लाका विभिन्न निकायले गरेको अध्ययनले कालीकोटका विभिन्न ठाउँहरु पहिरोको उच्च जोखिममा रहेको पाइएको हो ।

जिल्लाका सबै स्थानीय तहको भौगोलिक अवस्थालाई अध्ययन गर्दा कालीकोट पहिरोको उच्च जोखिममा रहेको खानेपानी सिचाई तथा ऊर्जा बिकास कार्यालयले जनाएको छ । जिल्लाको भौगोलिक अवस्था पनि भिरालो र कमजोर जमिन भएका कारणले पहिरोको खतरा वढिरहेको कार्यालय प्रमुख मंगल शाहीले बताउनुभयो ।

उहाँकाअनुसार जिल्लाका रास्कोट नगरपालिकाभित्रको वडा ७ र ८ पहिरोको उच्च जोखिममा रहेका छन् ।
वर्षाका वेला मात्र होइन हिउँदका महिनामा पनि पानी पर्ने बितिकै पहिरो बग्ने ठाउँ भएकाले पहिरो रोकथामको योजना चाहिने उहाँको भनाइ छ । रास्कोटका वडा १ र २ पनि त्यतिकै पहिरोको जोखिममा छन् । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।  

कालिकोट पहिरो

विशेष