News

मधेशमा शितलहरले सकस बढ्दै

मधेशमा शितलहरले सकस बढ्दै

लहान। प्रदेश २ मा पर्ने मधेसका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित भएको छ। शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ। शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ।

शीतलहरले प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको जनजीवन प्रभावित भएको हो। शीतलहरसँगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलाउन कठिन भएको सवारीचालक बताउँछन्।

लहानको तापक्रम मंगलबार बिहान १० डिग्री सेन्टिगे्रड थियो। शीतलहरका कारण लहानलगायत तराई÷मधेसका बजारमा मानिसको चहलपहल कम हुन थालेको छ। विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।

यो समाचार नागरिक दैनिकमा मिथिलेश यादव र रितेश त्रिपथिले लेखेका छन।  

 

शितलहर

विशेष