News

सौताको छोरी मार्न तरकारीमा विष राख्दा आफ्नै ज्यान गयो

सौताको छोरी मार्न तरकारीमा विष राख्दा आफ्नै ज्यान गयो

विरगन्ज।  वीरगन्जको २४ बहुअरीमा तरकारीमा विष हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई विष राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्।

बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान खाना पकाउने विषयमा उनकी कान्छी श्रीमती राधिका देवी र जेठी श्रीमतीकी छोरी मनिषा पटेलबीच झगडाको भएको थियो।

त्यही झगडाको आक्रोशमा राधिकाले सोमबार राती खाना पकाउने क्रममा तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन्। विषादी हालेर पकाइएको तरकारी राधिका आफैले पनि खानुका साथै परिवारका सदस्यलाई पनि खुवाएकी थिइन्।

विषादी हालेर पकाइएको तरकारी खाएलगत्तै गम्भीर बिरामी परेका राधिकासहित परिवारका ६ जनालाई उपचारका लागि सोमबार वीरगन्जको तराई हस्पिटलमा पुर्‍याइएको थियो ।तराई हस्पिटलमा उपचारकै क्रममा राधिका देवीको मृत्यु भएको हो। 

विषादी हालिएको तरकारी खाँदा राधिकाका छोरा ३ वर्षीय विवेककुमार तथा सौताका छोरा २० वर्षीय राकेश पटेल, १७ वर्षीय विकास पटेल र १४ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् । यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो।  

तरकारीमा बिष

विशेष