News

सागमा पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्धा

सागमा पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्धा

काठमाडौँ। तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) समापनका दिन समाचार संकलनका क्रममा आफ्ना खेल पत्रकारलाई कुट्ने प्रहरीलाई सजायको माग गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

मंसिर २४ मा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाई दशरथ रंगशालाअगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटिएका थिए। मिडियाका तर्फबाट मदन अर्याल र प्रहरीबाट कुटिएका खेल पत्रकार चापागाईले दमनमा उत्रेका प्रहरीविरुद्ध मंगलबार कुटपिट मुद्दा दर्ता गरेका हुन्। कुट्ने प्रहरीलाई तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना माग गर्दै मिडियाले मुद्दा दर्ता गरेको हो।

चापागाईलाई सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठौर, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र बालाजु प्रहरी वृत्तका डिएसपी बालनरसिंह राणाले कुटपिट गरेका थिए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वका प्रहरीले शान्तिसुरक्षाका लागि खटेखटाएका बेला खेलकुद हेर्न पुगेका दर्शकमाथि दमन गरेको फोटो खिच्ने क्रममा चापागाईमाथि हातपात गरेका थिए। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।  

 

साग प्रहरी पत्रकार

विशेष