विदेशी बालिकालाई जबरजस्ती गरेको आरोपमा युवक प्रक्राउ
रसुवा। रसुवा घुम्न आएकी विदेशी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रसुवामा एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कालिका गाउँपालिका–२ कालिकास्थानका २९ वर्षीय सुनील पौडेल छन् । पौडेलले बालिकामाथि २८ मंसिरमा करणी गरेको भन्दै उनको आफन्तले प्रहरीमा उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले पौडेललाई करणी अभियोगमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन, बालिकाले दिएको बयान र पक्राउ परेका व्यक्तिसँग लिएको प्रारम्भिक अनुसन्धानले अपराधमा उनको संलग्नता रहेको बलियो आधार पाएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका पौडेल कालिका गाउँपालिकाका अध्यक्ष सीता पौडेल अधिकारीका सहोदर भाइ भएको प्रहरीले जनाएको छ । घटना मिलाउन दबाब आए पनि अनुसन्धान अघि बढाइएको प्रहरीका एक अधिकारीले बताए ।
जबरजस्ती करणी