News

डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बृद्धि गरेको छ । मंगलवार राती १२ बजेबाट लागु हुने गरी प्रतिलिटर एक रुपियाँ बृद्धि गरेको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर ९८ रुपियाँ भएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हाल यथावत राखिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो ।

निगमका अनुसार ईण्डियन आयल कर्पोरेशनले मङ्सिर ३० गते (डिसेम्बर १६) निगमलाई पठाएको पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्यमा केही बढेर आएकाले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य बृद्धि गरेको हो ।

डिजेल मट्टितेल मुल्यवृद्धी

विशेष