बिहेकै अघिल्लो दिन लागूऔषधसहित बेहुला पक्राउ परेपछि .......
विराटनगर। आफ्नै बिहेको अघिल्लो दिन एकयुवा विराटनगरबाट लागूऔषधसहित पक्राउ परेका छन् ।
भोलिपल्ट बेहुला बनेर बेहुली लिन जानुपर्ने युवा लागूऔषधसहित पक्राउ परेपनि बिहे भने प्रहरीकै निगरानीमा सम्पन्न भएको छ। बिहे सम्पन्न गराएर प्रहरीले अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान अघि बढाएको छ ।
भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका १५ का कमल धमला विश्वकर्मा पक्राउ परेका हुन् ।
लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले उनलाई डाइजापाम, एभिल र लुपिजेसिक गरेर २१ एम्पुल लागुऔषधसहित गत शनिबार विराटनगर महानगरपालिका १५ रानीबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए ।
आइतबार बेहुला बनेर बेहुली लिन धनकुटाको चानुवा जानुपर्ने कमल लागुऔषधसहित पक्राउ परेपछि परिवारमा तनाव थपिएको थियो । कमललाई प्रहरीले शनिबार रातभर हिरासतमा राखेको थियो ।
तर बिहे सकिनसाथ ल्याएर बुझाउने भनेर परिवारका सदस्यको आग्रहपछि प्रहरीले बिहेका लागि साथमा दुईजना प्रहरीलाई सादा पोशाकमा खटाएर आइतबार उनलाई बेहुला बन्न घर पठाएको थियो ।
बेहुला पक्राउ