News

काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै न्यून

काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै न्यून

काठमाडौँ।  काठमाडौं उपत्यकाको तापक्रम यो बर्षकै सबैभन्दा न्यून मापन गरिएको छ ।  यस वर्ष न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन गरिएकोमा बुधबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन भएको हो ।

मौसमविद वरुण पौडेलले बुधबार बिहान साढे ६ बजे न्यूनतम तापक्रम ३.७ डिग्री मापन भएको जानकारी दिएका छन । उनका अनुसार, काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । योसँगै तापक्रम अझै घट्ने अनुमान मौसमविदको छ ।

तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु कुहिरोका कारण तराईका जिल्लामा हवाई उडान समेत प्रभावित भएको छ ।

चिसो

विशेष