पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा

काठमाडौँ। नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म उत्सव मनाउन आउँदो पुस २७ गते पृथ्वी जयन्तीको दिनमा सार्वजनिक विदा दिइएको छ ।
गोरखा नगरपालिकाले उक्त दिन सार्वजनिक बिदा घोषणा गरेको हो । सोमबार बसेको नगरको कार्यपालिकाको बैठकले आउँदो पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो ।
सो दिन नगरभित्र पर्ने सरकारी कार्यालय तथा विद्यालय सबै बन्द रहने नगरपालिकाले जनाएको छ । पृथ्वी जयन्ती आउन २६ दिन बाँकी भए पनि नगरपालिकाले त्यसअघि नै सार्वजनिक बिदा घोषणा गरेको हो ।
सार्वजनिक विदा पृथ्वीजयन्ती