News

गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र झण्डा

गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र झण्डा

बझाङ । बझाङ जिल्लाको सबैभन्दा विकट साईपाल गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई गाँउपालिकाले अण्डा र झण्डा वितरण गरेको छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत गाँउपालिकाको आर्थिक सहयोगमा गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई गर्भ जाँच गराए बापत र स्वास्थ्य संस्थामा सुत्केरी भए बापत कुखुराको अण्डासँगै आयोडीनयुक्त नुन वितरण गर्ने कार्यक्रम तय गरिएको साईपाल गाँउपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्र जेठाराले बताए ।

गाँउपालिकाका सबै सुत्केरी तथा गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी गराउन नआउने परिपाटीको अन्त्य गर्ने र आमा र शिशुको स्वास्थ्य स्वस्थ राख्ने उदेश्यले कार्यक्रम तय गरिएको बताइएको छ ।

गर्भ जाँचदेखि सुत्केरी भएसम्म एक महिलाले ३९ अण्डा पाउने व्यवस्था गाउँपालिकाले गरेको छ । यसरी स्वास्थ्य संस्थामा अण्डा उपलब्ध गराउन थालेपछि गर्भ जाँच गराउनेको संख्यामा वृद्धि भएको छ ।

सुत्केरी महिला अण्डा र झन्डा

विशेष