बिहेको आश्वासन देखाई बालिका बलात्कार गर्ने एकजना पक्राउ
सप्तरी। विवाहको झुठो आश्वासन दिई १७ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
किशोरीमाथि बलात्कार गरेको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएका बेला खत्वेले किशोरीलाई बिहे गर्छु भन्दै बलात्कार गर्ने गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले बताएका छन्।
पीडितकी आमाका अनुसार अन्तिम पटक खत्वेले मङ्सिर १५ गते किशोरीलाई बलात्कार गरेको खुलेको छ । आमासँगै प्रहरी कार्यालय पुगेकी किशोरीले बिहेको झुटो आश्वासन दिइ बलात्कार गर्ने गरेको बताएकी छिन।
पक्राउ