शाहाकारी गाउँ, घरैपिच्छे राता र सेता रङ्गका ध्वाजा
इलाम। इलामको माङ्सेबुङ गाउँपालिकामा मठमन्दिर तथा धार्मिकस्थलमा बली निषेध गरिएको छ भने मासु तथा मदिराको प्रयोग गर्न समेत रोक लगाईएको छ।
यस गाउँपालिकामा घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि देखिन्छ। जुन पहिलोपटक त्यहाँ पुग्नेहरुका लागि अनौठो हुन सक्छ, तर, यो कुनै पार्टी वा संघ-संगठनको झण्डा भने पक्कै होइन ।
किराँतहरुको धार्मिकस्थल माङसेबुङका करिब १५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ । यस गाउँलाई चार वर्ष अघि मासु, मदिरा निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको थियो। यहाँ बाहिरबाट जाने मान्छेलाई पनि मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेध गरिएको स्थानीयको भनाइ छ ।
यस क्षेत्रमा जथाभावी फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध लगाइएको छ । किरात लिम्बू भाषाअनुसार 'माङ' भनेको देवता र 'सेबुङ्ग' भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ हुने विश्वास छ।
विशेष गरी लिम्बू समदायको बसोबास रहेको सो स्थानमा किराँत धर्मगुरु आत्मनन्द लिङ्गदेनको कर्मथलोको रुपमा विकास गरिएको छ । वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाइन्छ ।
दुई दशकदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ
शाहाकारी गाउँ