यस्तो छ राष्ट्रिय सभा निर्वाचन कार्यतालिका 

यस्तो छ राष्ट्रिय सभा निर्वाचन कार्यतालिका 

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ नौ गते हुने निर्वाचनका लागि आयोगले आज तालिका सार्वजनिक गरेको हो । आयोगका अनुसार निर्वाचनका लागि मतदाता नामावली पुष १७ गते प्रकाशत हुने भएको छ ।

दावी विरोधको समय पनि सोही दिनका लागि तय गरिएको छ । १९ गते आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । उम्मेदवारी मनोनयन दर्ता पुष २० गते हुने भएको छ । उम्मेदवारको नाम फिर्ताका लागि पुष २४ गतेको समय निर्धारण गरिएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुष २५ गते हुनेछ । चुनाव चिन्ह पनि सोही दिन प्रदान गर्ने निर्वाचन कार्यक्रम छ । मतदानका लागि भने माघ नौ गतेको मिति तय गरिएको छ ।

राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि हरेक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ जना सदस्यको पदावधि २० फागुनमा सकिँदैछ ।

रिक्त हुने १८ पदका लागि सबै प्रदेशबाट निर्वाचन हुने र एक जना राष्ट्रपतिले मनोनित गर्ने आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन् । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ ।

संम्बधित खबर

विशेष