News राजनीति

कांग्रेस कार्यालयमा विद्यार्थीहरु धर्नामा

कांग्रेस कार्यालयमा विद्यार्थीहरु धर्नामा

ललितपुर । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद लागु गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा विद्यार्थीहरुले रिले अनसन शुरु गरेका छन् । नेपाल विद्यार्थी संघको विधानको सातौ संशोधन गरि उमेरहद ३२ वर्ष कायम गरेको थियो ।

सोहि विधान अनुसार ४० जिल्लामा जिल्ला अधिवेशन समेत भइसकेका छन् । त्यसैगरि १६ जिल्लाको अधिवेशन प्रक्रिया सुरु भएर विवादपछि रोकिएको थियो । तर पछिल्लो समय कांग्रेसका नेताहरुका बीचमा नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्नेबारे छलफल भइरहेको छ ।

नेपाल विद्यार्थी संघको नयाँ कार्यसमिति गठन गर्दा उमेरहद कार्यान्वयन नगर्ने कांग्रेस नेताहरुले तयारी गरेपछि विद्यार्थीहरुले रिले अनसन सुरु गरेका हुन् । बुधवारदेखि सुरु गरेको रिले अनसनमा पाँच जना विद्यार्थी नेतृ अनसन बसेका छन् ।

रुपा शर्मा, पदमा भुषाल, रोष्मिता कार्की, ललिता श्रेष्ठ र विन्दा बोगटी रिले अनसनमा बसेका हुन् । 

विशेष