नक्कली कागजात बनाई लाइसेन्सको ट्रायल दिने २ जना पक्राउ
काठमाडौँ। नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिइरहेका कालिकोट खाडाचक्र नगरपालिका घर भइ हाल चावहिल बस्दै आएका १९ वर्षीय विरेन्द्र मल्ल र सुकेधारा बस्ने ३० वर्षीय दिपक शाहीलाई चन्द्रगिरी नगरपालिका गर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको ड्राइभिङ सेन्टरबाट मंगलवार बेलुका ४ बजे पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
प्रहरीका अनुसार सवारी चालक अनुमति पत्र लिनका लागि नेपाली नागरिकता लगायत अन्य सरकारी कागजात नक्कली बनाइ अरुको ट्रायल परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ नक्कली कागजात ट्रायल