News

बिष्णु रिमालको चेतावनीयुक्त प्रतिवेदन

बिष्णु रिमालको चेतावनीयुक्त प्रतिवेदन

काठमाडाैँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को जारी स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल चेतावनीयुक्त प्रतिवेदन पेश गरेका छन्। उनले गुटको आरोपसमेत उल्लेख गर्दै चेतावनीयुक्त लिखित प्रतिवेदन पेश गरेका हुन्। 

उनले प्रतिवेदमा सोधेका छन्, ‘कसले चलाएको टिम गुट हो? कसले चलाएको पार्टी?’ उनले यसबारे स्पष्ट हुनसमेत सुझाएका छन्। उनले भनेका छन्, ‘कसलाई चित्त बुझ्दा कुरा मिलेको मान्ने कसलाई नबुझ्दा? व्यवहारमा ओर्लिउँ। हावामा घुस्सा नचलाऊँ।’

चार दिनदेखि नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्थायी कमिटी बैठकमा गुटको पछि लागेको भन्दै नेतृत्वको विरोध भइरहेको छ। 

विशेष